खुल्यो मुग्लिन–नौबिसे सडक



काठमाडौँ : पहिरो खसेपछि गए रातिदेखि अवरूद्ध मुग्लिन–नौबिसे सडक खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गए राति २ बजे पृथ्वीराजमार्गको चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध थियो ।

आज बिहान पहिरो पन्छाएपछि सडक खुलेको हो । आज बजेदेखि सडक दुबैतर्फी खुलेको प्रहरीले जनाएको छ । पहिरोले रोकिएका सवारी साधन सडक खुलेसँगै गन्तव्यका लागि छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्