ललितपुर महानगरभित्रका विद्यालय असोज १ देखि खुल्ने



काठमाडौँ : ललितपुर महानगरपालिकामा असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले स्थानीय तहलाई विद्यालय सञ्चालन गराउने अधिकार दिएसँगै महानगरपालिकाले असोज एक गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको हो । भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको महानगरको शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताए ।

विद्यालय सञ्चालन गर्नुपूर्व पूर्वतयारी गरी कार्यढाँचा तथा स्वास्थ्यका मापदण्डबारे अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवाला निकायसँग अभिमुखीकरण गरी यसबारेमा महानगरमा जानकारी गराउन पनि महाशाखाले आग्रह गरेको छ । सामुदायिक विद्यालयलाई भने आवश्यकता र मागका आधारमा स्वास्थ्य सामग्री प्रदान गर्ने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्