विद्युतीय शवदाह अझै मान्दैनन् आफन्त



काठमाडौं । ६८ बर्षीय बाबुराम न्यौपानेले मुटुरोग बाट पीडित पत्नीको मृत्युपछि शव दाहसंस्कार गर्न पशुपतिआर्यघाट लिएर गए । उनले विद्युतीय शवदाहमा आफ्नी पत्नीको शव जलाउन मानेन्न् । त्यसको एकमात्र कारण थियो परम्परादेखि चल्दै आएको संस्कृति ।

बाबुरामलाई छोरा र आफन्तले विद्युतीय शवदाहमा शव जलाउन अनुरोध गरे तर कसैको कुरा सुनेन्न् । पत्नी वियोगमा रहेका बाबुरामले भने, ‘सबैले विद्युतीय शवदाहमा जलाउन आग्रह गरे पनि मनले नमानेपछि दाउराले नै जलाँए।’ आफ्नो चल्दै आएको परम्परा कसरी तोड्नु ! करेन्टले जलाउन मन नलागेपछि दाउराले नै जलाए उनी बताउछन् । धनकुटा का भगवान वेलवासे उपचारको क्रममा निधन भएकि२५ बर्षिय छोरीको दाहसंस्कार पनि दाउरामै गरे । पशुपति परिसरमा शोक मनाएर बसेका उनले भने, ‘हाम्रो परम्परा दाउरामा जलाउने हो,मैले पनि संस्कृतिअनुसार नै कर्म गरे, मलाई यसमे चित्त बुझेको छ ।’

पशुपति शवदाहकै छेउमा २०७२ सालबाट विद्युतीय शवदाह संचालनमा आएको थियो । अझैपनि धेरै ले आफन्तको अन्तिम संस्कारमा गर्नको लागि दाउँरानै रोज्ने गरेका छन् । आफ्नो संस्कृति दाउरामा पोल्ने र विद्युतीय शवदाहबाट पोल्दा नराम्रो मानिने भन्दै आफन्त हरुले दाउरानै रोज्ने गरेको पशुपति विकास कोषको भनाइ छ।

तर केहीसमय देखि पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृहमा कोरोना भाइरसका कारण मृत्यु हुनेको मात्रै शव जलाउने व्यवस्था गरेको छ । पशुपति क्षेत्र विकास कोषका सचिव डा.मिलनकुमार थापा भन्छन् ‘कोरोना भाइरसका कारण मृत्यु हुनेका आफन्तपनि सकभर दाउरामै जलाउन पाए हुन्थियो भन्नछन् ।’ कसरी करेन्ट लगाउनु बरु पालो कुरेर भएपनि दाउरामै जलाउन खोज्ने धेरै भएको थापा बताउछन् । तर कोरोना को कारण मृत्युहुनेहरुको शवलाई संक्रमणको जोखिम कमगर्न सकिने उदेश्यले विद्युतीय शवदाह गृहमा मात्र जलाउन थालिएको हो ।

कोरोना भाइरसबाट मरेकाहरूबाट संक्रमण नफैलियोस् भनेर छुट्टै कर्मचारिको व्यवस्था समेत गरिएको छ । यतिबेला विद्युतीय शवदाह गृहमा १२ जनाले शव आलो पालो गरेर शव दाह गरिरहेका छन् ।

पशुपति क्षेत्रभित्रको प्रदुषण कमगर्न विकास कोषले विद्युतीय शवदाह संचालनमा ल्याएको थियो । सुरुमा विद्युतीय शवदाहमा मानिसहरु जलाउनु हुन्न भन्ने मान्यतानै बोकेर आउने गरेको सचिव थापा बताउँछन् । तर अहिले सजिलो र छिटेको लागि विद्युतीय शवदाह प्रयोग गर्न रुचाउँने हरु पनि उत्तिकै छन् । तर धर्म संस्कृति हो भनेर धेरैले अझैपनि दाउरा नै खोज्ने गरेका हुन । थापाले भने ‘दाउरा भन्दा विद्युतीयमा कम लाग्छ शव जलाउन तर परम्परा हेर्ने ले खर्च र समय हेर्देैन ।’

विकासकोषले १० माघ २०७२ देखि संचालनमा ल्याएको थियो । हालसम्म विद्युतीय शवदाहमा ९ हजार भन्दा धेरै शवहरु जलिसकेका छन् ।कुल २१ करोड रुपैयाँ लागतमा बनेको शवदाहमा एक शवजलाउन ४५ मिनेट देखि १ घण्टा सम्म लाग्ने गरेको छ । ट्रली अपरेटर चक्रबाहादु लामा भन्छन् ‘वरफमा राखिएको वा लामो समयपछि विदेशबाट आएको शवजलाउन एक घण्टा भन्दा बढीपनि लाग्न सक्छ ।’ महामारीको बेला दैनिक १२ वटा सम्म शव जलाएको लामाको भनाइ छ । विद्युतीय शवदाहमा सजिलो र छिटो हुनुका साथै वायु प्रदुषण पनि कम हुन्छ । समयको क्रम सगै मानिसको चेतनास्तर पनि बढ्दै जादा परम्परागत धारमा पनि परिर्वतन हुृने पशुपति क्षेत्र विकास कोषको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्