कलेज ड्रेसमा सजिएर १२ को परीक्षा मा सहभागी हुँदै करिश्मा



काठमाडौँ: दुईपटक स्थगित भएको कक्षा १२ को परीक्षा आज बुधबारबाट सुरु भएको छ। नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री करिश्मा मानन्धर पनि यस परीक्षामा सहभागी भएकी छन् ।

कलेज ड्रेस लगाएकी उनी गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ को परीक्षामा सहभागिता जनाएकी हुन् । उनको परीक्षाको सेन्टर पनि त्यही कलेज तोकिएको छ। अभिनय, ब्यवसाय बिभिन्न कामले धेरै ब्यस्त भएको कारण करिश्माले यो पटकको परीक्षामा धेरै तयारी गर्न सकेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्