स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न माग



काठमाडौं । मानवअधिकार एलाइन्सले तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गरेको छ ।
एलाइन्सका अध्यक्ष मीनवहादुर शाहीले विज्ञप्ति जारी गर्दै ऐन अनुसार चैत्र ७ गतेभित्र निर्वाचन गर्नै पर्ने भन्दै एलाइन्सले ऐन संशोधन गर्नु लोकतान्त्रिक मर्यादा विपरित हुने बताएका छन् ।
‘स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम २०७८ साल चैत्र ७ गते भित्र निर्वाचन सम्पन्न हुनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकका राजनीतिक अधिकारहरु कटौती गर्ने गरि ऐन संशोधन गर्नु भनेको लोकतान्त्रिक मर्यादा विपरीतको कार्य हुनजान्छ भन्ने मानवअधिकार एलाइन्सको धारणा रहेको छ ।’
आवधिक निर्वाचन, मतदानका अधिकारहरु नागरिकका आधारभूत मानवअधिकार भएको भन्दै एलाइन्सले स्थानीय तह एक दिन पनि जनप्रतिनिधि विहीन हुन नदिने गरि स्थानीय तह निर्वाचनको मिति अविलम्ब घोषणा गर्न माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्