मूर्ति चोरीको सूचना दिनेलाई पाँच लाख दिइने



काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी माईको मूर्ति चोरीको सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने भएको छ ।
बालकुमारी भवानी गुठीले मूर्ति चोरीबारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । गएको शुक्रबार बसेको गुठी बैठकले उक्त सूचना दिने व्यक्तिलाई प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो । मूर्ति खोजीकार्यमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको टोली सक्रिय छ ।
ललितपुर प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहले मूर्ति चोरीबारे अनुसन्धान जारी रहेको बताए । गुठीले मूर्तिबारे कुनै सूचना वा जानकारी दिन मोबाइल नम्बर ९८८१२१७७८६ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
गएको आइतबार बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो । उक्त मूर्ति अहिलेसम्म भेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस्