प्रचण्ड कांग्रेसको पुच्छर हो : टोपबहादुर रायमाझी



काठमाडौँ: नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन्।

बुटवलमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले कांग्रेससँग गठबन्धन गरेर कम्युनिस्टले ऐतिहासिक भूल गरेको बताए। ‘सूर्य र गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लडेर जित्ने अनि रुख चिन्हको नेतालाई प्रधानमन्त्री बनाउन हिँड्नेहरूले ऐतिहासिक भूल गरेका छन् । कांग्रेसको पुच्छर भएर हिँडेकाहरूले समाजवादको कुरा गर्न सुहाउँदैन ,’ उनले भने ।

त्यस्तै रायमाझीले एमालेविरुद्धको महागठबन्धनलाई चुनावमा ध्वस्त पार्ने बताए । ‘महागठबन्धन बनेर सफल पार्टीलाई घेराबन्दी गरेका छन्। यो किसिमको उनीहरुको चेष्टालाई असफल पार्ने ध्वस्त पार्ने। चुनावको माध्यमबाट असफल नेता र पार्टीलाई ध्वस्त पारेर सत्तामा आउन जरुरी छ। हामी पुन: टेष्ट हुन जरुरी छ।’

प्रतिक्रिया दिनुहोस्