थप १ हजार ७६० संक्रमित, ७ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ८४४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १२ हजार ५२४ जनाको पिसिआर र ४ हजार ३२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
त्यस्तै, १ हजार २२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
यसको संक्रमणबाट थप ७ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ ।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४९५ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा ३६०, भक्तपुरमा ६३ र ललितपुरमा ७२ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्