सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्ती आजको आवश्यक्ता हो: प्रधानमन्त्री देउवा



काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका हुन् ।

प्रधानमन्त्री देउवाले सामूदायिक विद्यालयहरुको शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको पनि बताए । जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यामिक विद्यालय भवनको बुधबार एक कार्यक्रममा बीच उद्घाटन गर्दै उनले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेपनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, साधन र शिक्षा विकास व्यवस्थापनमा सक्दो सहयोग गरिरहेको पनि स्मरण गराए । प्रधानमन्त्री देउवाले २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै अवको सम्पूर्ण ध्यान त्यहाँको गुणस्तरीय शिक्षामै केन्द्रित हुने विश्वास समेत व्यक्त गरे ।

उनले सो विद्यालय भवन निर्माणका लागि सहयोग गरेकोमा जापान सरकारप्रति पनि आभार व्यक्त गरे। प्रधानमन्त्री देउवाले भने , ‘भौतिक पूर्वाधारको काम सकिएपछि गुणस्तरीय शिक्षामा सबैको ध्यान जानेनै छ । ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्ती आजको आवश्यक्ता हो । यस अभियामा सबै पक्षलाई केन्द्रित हुन अनुरोध गर्न चाहन्छु । सामूदायिक विद्यालयको शिक्षामा गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको र भविष्यमा थप कार्यक्रमहरु सूचारु गर्नेनै छ । विद्यालय शिक्षा स्थानीय पालिकाको मुख्य जिम्मेवारीमा रहेता पनि संघीय सरकारले स्रोत, साधन र अन्य कार्यक्रमहरुसहित विद्यालय शिक्षाको विकास व्यवस्थापनमा सहयोग गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्