स्थानीय तहको सिमांकनपछि मात्र निर्वाचन गर्न हृदयेश त्रिपाठीको माग



काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तह सिमांकनपछि मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् ।
अध्यक्ष त्रिपाठीले आइतबार विज्ञप्ति निकालेर स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिसअनुसार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको नामांकन र सिमांकन सकेरमात्र निर्वाचनमा जानुपर्ने बताएका हुन् ।
आगामी जेठमा निर्वाचन सम्पन्न गर्ने दलहरूको प्रतिबद्धता स्वागतयोग्य रहेको उल्लेख गर्दै उनले भने, ‘स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात मधेश प्रदेशमा मात्रै कार्यान्वयन भयो । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूपश्चिम प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन भएको छैन ।’
आगामी निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिश प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गर्न पनि उनले माग गरे ।

 

प्रतिक्रिया दिनुहोस्