ऋषिराम कट्टेल पार्टीबाट निष्कासित



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ । पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको भन्दै अध्यक्ष कट्टेललाई निष्कासित गरिएको नेकपाले जनाएको छ ।
उनी निष्कासित भएपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी लोकनारायण सुवेदीलाई दिइएको छ । कट्टेलमाथि पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको आरोप लागेपछि माघ ५ मा छानबिन समिति गठन गरिएको थियो ।
छानबिन समितिले ७ माघमा सोधेको स्पष्टिकरणको जवाफ नदिएकाले कट्टेललाई पार्टीबाट निष्कासित गरिएको नेकपाले जनाएको छ । कारबाहीमा परेका अध्यक्ष कट्टेलले आफूलाई पार्टीको एक गुटले कारबाहीको विज्ञप्ति जारी दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्