प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, २ मन्त्री र ३ राज्यमन्त्री थपिए



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । साविकको ३ सदस्यीय मन्त्रिपरिषद्मा ५ जना नयाँ अनुहार थपिएको छ । अब ८ सदस्यीय मन्त्रिपरिषद् भएमो छ ।
थप भएका मन्त्रीहरू संखुवासभाका तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजना र झापाका हिराकुमार थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशी भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र मोरङकै लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनेका छन् ।
मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष नयाँ मन्त्री, राज्यमन्त्री र नियुक्ति तथा मन्त्रालयको हेरफेर साथै कार्यविभाजनको जानकारी प्रदेश प्रमुखसमक्ष गराएका छन् । नवनियुक्त मन्त्रीहरुको प्रदेश प्रमुख सोमनाथ अधिकारीबाट शपथग्रहण तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्