रौतहटमा स्थानीय निर्वाचनको माग गर्दै प्रदर्शन



गौर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटमा वृहत् प्रदर्शन गरेको छ ।
संघको रौतहट जिल्ला कमिटीको आयोजनामा जिल्लाको मध्य भाग गरुडामा सयौं युवाहरुले नाराबाजी गर्दै दबाबमुलक ¥यालीको आयोजना गरेको हो ।
उनीहरुले ‘स्थानीय निर्वाचनको मिति घोषणा गर’, ‘अपराधी मन्त्री रेणु यादव राजिनामा दे’, ‘लुट—आतंक बन्द गर’, ‘मापसे सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।
गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सुरु भएको ¥याली चिनी मिल हुँदै बजारको परिक्रमा गरी गरुडा नगरपालिका नजिकै कोणसभामा परिणत भएको थियो ।
राष्ट्रिय युवा संघले गत साता रौतहट सदरमुकाम गौरमा मन्त्री रेणु यादवको बर्खास्ती लगायतको माग राख्दै प्रदर्शन गरेको थिए । दुबै प्रदर्शन संघको जिल्ला संयोजक बालाशंकर कुश्वाहाको नेतृत्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्