नाडालले जिते २१ औं ग्राण्डस्लाम



काठमाडौं । स्पेनका टेनिस खेलाडी रफाएल नाडालले २१ औं ग्राण्डस्लाम जितेर इतिहास रचेका छन् ।
नडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटबाट पछाडि परेको अवस्थामा रूसका डेनियल मेदवेदेवलाई पराजित गरेका हुन् ।
छैठौं वरीयताका नडालले मेदवेदेव माथि २–६ ६–७ (५–७) ६–४ ७–५ को जीत दर्ता गरे ।
यसअघि यूएस ओपन च्याम्पियन मेदवेदेव लगातार दोस्रो ठूलो उपाधिकालागि उत्रिएका थिए । तर दुई सेट जितेपछि नडालले कुनै पनि मौका गुमाएनन् र फाइनल प्रतिस्पर्धामा जितेर उपाधि आफ्नो नाममा गरे ।

 

प्रतिक्रिया दिनुहोस्