एमसीसी पारित नभए गठबन्धन नै टुट्न सक्ने चेतावनी



काठमाडाैं : अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ । गठबन्धनका अन्य दलले भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अडान राख्दै आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को चालु अधिवेशनबाटै एमसीसी पास गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन् ।

प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएको स्रोतको भनाइ छ । सत्ता गठबन्धनमा आबद्ध चार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अहिलेकै अवस्थामा एमसीसी पारित गन नहुने पक्षमा छन् । प्रधानमन्त्री भएपछि देउवाले अहिले तेस्रोपटक एमसीसी पारित गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन् ।

सत्ता गठबन्धनकै दलहरूका असहयोगका कारण यसअघि उनी एमसीसी अगाडि बढाउन असफल भएका थिए । देउवाले एमसीसीको विषयमा सहमति जुटाउन आइतबार एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादीका नेता नारायणकाजी श्रेष्ठसँग छलफल गरेको देउवाको सचिवालयका एक सदस्यले बताए । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्