हाेटलमा रक्सी खाएपछि आफ्नै साथीलाई कुटेर मारे !



बुटवल : रुपन्देहीको देवदह नगरपाकिलामा एक युवकको हत्या भएको छ । देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको आफैं साथीहरुले कुटी कुटी मारेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए।

थापालाई आफनै साथीभाइले कुटपिट गरेकोे थिए । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका थापाको निधार र छातीमा निलडाम भेटिएको थियो । थापाको हत्यामा संलग्न भएकाे आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय, बुटवल ल्याइसकिएको छ। उनीहरुले गएराति एक होटलमा बसेर मदिरा सेवन गरेपछि विवाद हुँदा हत्या गरेको प्रारम्भिक अनुमान प्रहरीको  रहेको छ।

देवदह क्षेत्रमा यसअघि पनि युवासंघ, रुपन्देही अध्यक्ष दुर्गा तिवारी, युवा संघका कार्यकर्ता बलु पौडेल र तरुण दलका कार्यकर्ता अनिश पुरीको कुटपिट गरी हत्या भएको थियो । देवदेह क्षेत्र रुपन्देही अन्य ठाउँभन्दा अपराधिक गतिविधि तिव्र हुने मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्