कांग्रेस र माओवादी एमसीसीबारे जनमत विभाजित गराउन लागेका छन् : विष्णु रिजाल



काठमाडौं : नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कांग्रेस र माओवादीले विगतमा एमसिसी सम्झौता गरेको बताएका छन् ।पछिल्लो समय सत्तारूढ गठबन्धनभित्र एमसिसीबारे मतहरू विभाजित भइरहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी परियोजना संसदबाट पारित गराउनपर्ने भन्दै लागिरहेका छन्।

तर, सत्ता गठबन्धनधारी दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यथास्थितिमा एमसिसी पारित हुन नहुने बताइरहेका छन्।सामाजिक सञ्जालमार्फत् एमाले केन्द्रीय सदस्य समेत रहेका नेता रिजालले भनेका छन्, ‘विगतमा आफैं सरकारमा हुँदा कांग्रेस र माओवादीले अमेरिकासँग एमसिसी ल्याउने सम्झौता गरेका थिए।’

साथै, उनले अहिले कांग्रेस र माओवादी नै जनमत विभाजन गर्नतिर लागेको बताएका छन्। उनले अघि भनेका छन्, ‘विडम्बना १ अहिले यस मुद्दामा जनमत विभाजित गर्न उनीहरू नै लागेका छन्।’ एमसिसी परियोजना संसदबाट पारित गराउन प्रधानमन्त्री देउवा लागेपछि यसको चर्चा चुलिएको छ।

प्रतिक्रिया दिनुहोस्