अवैध डलरसहित पाकिस्तानी नागरिक पक्राउ



काठमाडाैं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध डलरसहित एक पाकिस्तानी नागरिक पक्राउ परेका छन्। उनलाई फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट दुबई गइरहेको बेला प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३३ वर्षीय हाफिज आत्तिक्यू उर रेहमान छन् । उनी म्यानपावर ब्यवसायी रहेको खुल्न आएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । प्रहरीले आरोपीको साथबाट ४७ हजार १५० साउदी रियाल, ४ सय युएई दिराम, ओमानी रियाल ५ दशमलव ५ र एक सय भारतीय रुपैयाँ बरामद गरेको छ । रेहमानलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्