योगेश भट्टराईले सोधे : एमालेविरुद्धको गठबन्धन किन ?



काठमाडौं : नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले विरुद्धको गठबन्धन किन भन्दै प्रश्न खडा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै भनेका छन्, ‘एमाले बिरुद्धको गठबन्धन किन ?’

अगाडि आफैँ जवाफ दिँदै भट्टराईले भनेका छन्, ‘प्रदेशमा मन्त्रालय फुटाउँदै, मन्त्रीको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन ।’

पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा सत्ता गठबन्धनभित्र विवाद देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि एमसीसी पास गराउन सर्तसहित अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्