त्रिविले शुक्रबारदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने



काठमाडौं । त्रिभूवन विश्वविद्यालयले शुक्रबार (भोलि)देखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ ।
त्रिविले बिहीबार सूचना जारी गरेर आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुलाई कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर असोज १ गतेबाट भौतिक रुपमा कक्षा सञ्चालन गर्न निर्देशित गरेको हो ।
सरकारले जारी गरेको स्वास्थ्य मापदण्डभित्र रही स्थानीय निकायसँग समन्वय गरेर जोखिम नियन्त्रणका लागि पूर्व तयारी एवं सर्तकता अवलम्बनका साथ क्याम्पस खोल्न सक्ने जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्