सन् २०१९ की मिस यूएसए चेस्लीले गरिन् आत्महत्या



एजेन्सी : सन् २०१९ की मिस यूएसए चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् । म्यागजिन ‘एक्स्ट्रा’की संवाददाता समे रहेकी उनी यही जनवरी ३० मा न्युयोर्क सिटीमा मृत भेटिएकी हुन् ।

न्युयोर्क पोस्टका अनुसार ३० वर्षीय चेस्लीको न्युयोर्क सिटीको ३५० वेस्ट ४२ स्ट्रिटमा अवस्थित २०६।१५ मिटर अग्लो भवनबाट आइतबार बिहान ७ः१५ बजे हामफालेर मृत्यु भएको हो । उक्त भवनको नवौँ तलामा बस्ने उनी त्यसको सबैभन्दा माथिको तला अर्थात् २९औँ तलाको कौसीबाट हामफालेकी हुन् ।

वासिङटन पोस्टमा विज्ञप्ति जारी गर्दै चेस्लीको परिवारले उनको मृत्युको खबर पुष्टि गरेको हो । विज्ञप्तिमा लेखिएको छ, “ठूलो शोकमा, हामी हाम्रो प्यारी चेस्लीको निधनको खबर सार्वजनिक गर्दै छौँ । उनको महान् ज्योति भनेको उनको सुन्दरता र शक्तिले संसारभरिकालाई प्रेरणा दिनु रह्यो ।”

एक्सट्रा म्यागजिनबाट उनका सहकर्मीहरूले पनि समवेदना व्यक्त गरेका छन् । आत्महत्या गर्नुअघि उनले अन्तिम पोस्टका रूपमा इन्स्टाग्राममा आफ्नो एउटा सुन्दर फोटोसहित लेखेकी थिइन्, “यो दिनले तपाईंमा शान्ति र आराम ल्यायोस् । ” बलिउड हंगामाबाट ।

प्रतिक्रिया दिनुहोस्