सिलवाल र पोखरेल बागमती प्रदेशका नयाँ सभापति



काठमाडौं । बागमती प्रदेशका दुई वटा संसदीय समितिमा नयाँ सभापति निर्वाचित भएका छन् ।
अर्थ तथा विकास समितिमा नारायण सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा केशवप्रसाद पोखरेल चयन भएका हुन् । दुवै जना नेकपा एमालेका सांसद हुन् ।
सत्तारुढ दलको गठबन्धन र अन्य दलबाट उम्मेदवारी नपरेपछि दुवै जना सभापतिमा निर्विरोध छानिएका हुन् । सिलवाल काठमाडौं निर्वाचन क्षेत्र नं ५ (क) र पोखरेल काठमाडौं क्षेत्र नं ९ (ख)का प्रदेश जनप्रतिनिधि छन् । यसअघि यो प्रदेशका घनश्याम दाहाल र रसेश नेपाल प्रदेश मन्त्री भएपछि दुवै समितिका सभापति रिक्त थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्