पूर्वमन्त्री गोविन्दराज जोशीको फाइल खोज्दै अख्तियार



सर्वोच्च अदालतको आदेश अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोविन्दराज जोशीसँग सम्बन्धित मुद्दाको मिसिल खोज्ने कार्यलाई तीव्रता दिएको छ । 

अख्तियारले केही उच्च अधिकारीको प्रत्यक्ष निगरानीमा फाइल खोजी कार्य अगाडि बढाएको हो । फाइलबारे पूर्व कर्मचारीसँग समेत अख्तियारले सोधपुछ गर्ने तयारी गरेको छ । 

जेठ २३ गते सर्वोच्चले १५ दिनभित्र मिसिल पठाउन आदेश गरेको थियो । पाँच वर्षसम्म पनि मिसिल प्राप्त नभएको भन्दै अदालतले अख्तियार सचिवलाई अदालतको अपहेलनामा कारबाही किन नगर्ने भन्दै जवाफ समेत माग गरेको थियो । जवाफ पेससँगै फाइल पनि पेस गर्न आदेश दिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्