आयाल निगमको कार्यकारी निर्देशक बन्न १७ जनाको आवेदन



काठमाडौं : नेपाल आयाल निगमको कार्यकारी निर्देशक पदका लागि १७ जनाले निवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा आवेदन खुलाएको थियो । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म समय दिएको थियो ।

आवेदन दिनेहरुमा उद्योग विभागका पूर्वमहानिर्देशकदेखि नागरिक उड्यान प्राधिकरणका बहालवाला अधिकारी, निगमका पूर्वकर्मचारी, कांग्रेस निकटका व्यक्तिहरु रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार आवेदकहरु जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा.डा.लक्ष्मण पौडेल, लोकबहादुर खड्का र लोकराज पाठकले निवेदन दिएका छन् ।

यस्तै निगमको कार्यकारी बन्ने दौडमा कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, डा।.ण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द पनि छन् । भुपेन्द्रकुमार अर्याल र सन्जय कुमारले पनि सो पदमा आवेदन दिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्