आफ्नै छोरीलाई एक वर्षदेखि बलात्कार गर्दै आएको बाबु पक्राउ



विराटनगरः विराटनगर महानगरपालिकामा एक बालिका आफ्नै बाबुद्वारा एक वर्षदेखि बलात्कृत भइरहेको घटना सार्वजनिक भएको छ।

१४ वर्षीया छोरीमाथि बलात्कार गरिरहेका बाबुले डर, त्रास देखाउँदै धम्की दिएकाले घटना अहिलेसम्म ‘गुपचुप’ रहेको खुलेको छ। यो खबर आजको अन्नपूर्ण पाेस्टमा किशोर बुढाथोकीले लेखेका छन्।

बालिका पढ्ने विद्यालयबाटै घटना सार्वजनिक भएपछि प्रहरी टोलीले शनिबार राति ३७ वर्षीय बाबुलाई घरबाटै पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्