नेपाली कांग्रेस (बीपी)को सभापतिमा सुशीलमान शेरचन चयन



काठमाडौं । नेपाली कांग्रेस (बीपी)को सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् ।
यही भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट विधानको धारा २१ अनुसार शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति बनाइएको छ ।
बीपीको उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरे चयन भएका छन् ।
विशेष महाधिवेशनले ६२ केन्द्रिय सदस्य चयन गरेको छ ।
कांग्रेस (बीपी)को शुक्रबार सम्पन्न विशेष महाधिवेशनले पार्टीका संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता घोषणा गरेको छ ।
सभापति शेरचनले कांग्रेस (बीपी)ले जननायक विश्वेश्वर प्रसाद कोइरालाको विचारलाई देशभर फैलाउने प्रविबद्धता व्यक्त गरे ।
विसं २०७२ भदौ २४ मा पार्टी स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्