सर्लाही गाेलीकाण्ड : बहुअर्वा गाउँ सुनसान



सर्लाही : गत मंगलबार बिहान दोहोरो झडपका कारण तनावग्रस्त बनेको सर्लाहीको दक्षिण पश्चिम भेगमा पर्ने रामनगर गाउँपालिका ४ बहुअर्वा गाउँ अहिले निकै सुनसान छ ।

 

कांग्रेस र नेकपाका कार्यकर्ताबीच भएको झडपका क्रममा स्थानीय ५५ बर्से रामविलास महतोको मृत्यु भएपछि गाउँका अधिकांश पुरुष विस्थापित भएका छन् । पक्राउ पर्ने डरले उनीहरु भारत गएर बसेका छन् । गाउँका पाका पुरषसमेत अगुवा नेताका घरमा शरण दिन पुगेका छन् । गाउँमा प्राय महिला मात्रै भेटिन्छन । 

खेतमा पाकेर झुलिरहेको धान थन्क्याउने बेला गाउँमा यस्तो घटना भएपछि स्थानीय समस्यामा परेका छन् । ‘धान पाकेर बोटमै झर्ने बेला भइसक्यो तर गाउँ फर्किने वातावरण छैन, फेरि मंगलबारको जस्तै झडप होला भन्ने डर लागिरहन्छ ।’

 

घटनास्थलभन्दा तीन किमि दक्षिण नेकपाका नेता शिवपुजन रायको घरमा शरण लिएर बसेका बहुअर्वा गाउँका वृद्ध ठाकुर रायले प्रश्न गर्दै भने, ‘माननीयज्यूको घरमा कतिदिन बस्ने ? स्थानीय प्रशासनले शान्ति सुरक्षा प्रदान गरेर चाँडै गाउँ फर्किने व्यवस्था गरोस् । अाजकाे गाेरखापत्र दैनिकमा समाचार छ  

प्रतिक्रिया दिनुहोस्