एमालेले निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने



काठमाडौं : नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको एमाले केन्द्रीय कार्यालय बैठकले आउँदो वैशाखभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नका लागि सरकारलाई दबाब दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिन देशव्यापी अभियान चलाउनका लागि जनसंगठनलाई निर्देशन दिने निर्णय गरिएको उनले बताएका हुन् । त्यस्तै, पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गर्ने र आवश्यक परे प्रधानमन्त्रीसमक्ष ‘हाई लेभल डेलिगेसन’ जाने निर्णय भएको उनले जानकारी दिए ।

केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीका सम्पूर्ण मातहत कमिटिहरूलाई तयारीमा जुट्न निर्देशन दिएको भट्टराईले बताए ।बैठकले सचिवालय बैठकमा पेस गर्ने एजेन्डा पनि तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्