काठमाडौंका १ सय ३८ वडामा असोज ५ गते नेपाली कांग्रेसको अधिवेशन हुने



काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको वडा अधिवशेन असोज ५ गते हुने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत नरहरि आचार्यसहित बैठक गरी ५ गतेका लागि वडा अधिवेशन तोकेका हो ।
जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा शुक्रबार जिल्ला पार्टी कार्यालयमा ज्ञानेश्वरमा बसेको बैठकले अधिवेशनको प्रक्रियामा प्रवेश गरेको जनाएको छ ।
केन्द्रले खटाएका निर्वाचन अधिकृतको नेतृत्वमा लोकतान्त्रिक कानुन व्यवसायी संघ र शिक्षक संघको टोली खटिने र शनिबार नै काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटिनेगरी काम थालेको नेपाली कांग्रेस काठमाडौंले जनाएको छ ।
काठमाडौं महानगरसहितका विभिन्न ११ वटा नगरपालिकाका गरी काठमाडौ जिल्लामा कल १३८ वडा रहेका छन् । अब असोज ५ गते एकैदिन सबै वडामा अधिवेशन हुने बताइएको छ । १० क्षेत्र रहेको काठमाडौंबाट कांग्रेस महाधिवेशनमा २ सय ५० जना महाधिवेशन प्रतिनिधि छानिने छन् । महाधिवेशन प्रतिनिधिका लागि क्षेत्रीय अधिवेशन भने असोज १५ गते हुने निर्वाचन कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्