हेटौँडा अस्पतालमा दैनिक २५० सिलिण्डर अक्सिजन उत्पादन सुरु



हेटौँडा । कोरोना संक्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ ।
अहिले दैनिक २५० सिलिण्डर उत्पादन गर्ने क्षमताको प्लान्ट निर्माण गरिएको अस्पतालले जनाएको छ । अमेरिकी सरकारको सहयोगमा संघीय स्वास्थ्य मन्त्रालयले रु तीन करोडको लागतमा दैनिक १२५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि सोमबारदेखि प्लान्टबाट उत्पादन सुरु भएको अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए ।
उद्योग संघ मकवानपुरले ११० अक्सिजन सिलिण्डर र हेटौँडा उपमहानगरपालिकाले दैनिक १५ सिलिण्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको अध्यक्ष प्रसाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्