चालु आव २०७८/७९ को भदौसम्ममा बजेट खर्च र आम्दानी दुवैमा वृद्धि



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिना (साउन–भदौ)मा बजेट खर्च र आम्दानी दुवैमा वृद्धि भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार दुई महिनाको अवधिमा राजस्व संकलन, अनुदान प्राप्ति र विविध स्रोतबाट सरकारले १ खर्ब ८४ अर्ब ७४ करोड ४५ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ ।
यस अवधिमा सरकारको खर्च भने ८९ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ भएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा यो वर्ष राजस्व संकलन र खर्च दुवैमा वृद्धि भएको देखिएको छ । गत वर्ष कोरोना महामारी कायम थियो ।
आर्थिक गतिविधि आंशिक रुपमा मात्र सञ्चालन भएको दुई महिनाको अवधिमा मात्र १०५ अर्ब रुपैयाँ राजस्व संलकन भएको थियो ।
चालु आवमा भने पहिलो दुई महिना सरकारले लक्ष्यको हाराहारीमै राजस्व संकलन गर्न सकेको छ ।
दुई महिनाको अवधिमा सरकारले राजस्व संकलन लक्ष्यको करिब १५ प्रतिशत संकलन गरिसकेको छ ।
तथ्यांक अनुसार चालु आर्थिक वर्षमा सरकारको राजस्व संकलनको लक्ष्य ११ खर्ब ५१ अर्ब ६० करोड हो ।
यसमध्ये भदौ मसान्तसम्म १ खर्ब ६८ अर्ब ५७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्