भदौ महिनामा मात्रै भए २ लाख बढी घरजग्गा कारोबार



काठमाडौं । भदौ महिनामा मात्रै २ लाख बढी घरजग्गा कारोबार भएका छन् ।
भूमि व्यवस्था तथा अभिलेख विभागले भदौ महिनामा करिब २ लाख ४ हजार घरजग्गा कारोबार भएको जनाएको छ।
जसमा सबैभन्दा बढी ७० हजार लिखित पारित, ६६ हजार ५५८ रोक्का र ३६ हजार फुकुवासम्बन्धी कारोबार भएको विभागले जनाएको छ।
बढी कारोबार हुने क्षेत्रमा धनगढीमा ४ हजार २६०, रुपन्देहीमा ३५ सय ३०, नेपालगञ्ज कार्यालयबाट ६ हजार, काठमाडौं उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरका कार्यालयमार्फत बढी कारोबार भएको देखिएको छ।
पछिल्लो समय बढी घरजग्गा कारोबार हुने जिल्लामा झापा र मोरङ रहेका छन्।
विभागले भदौ महिनामा ८ अर्ब २६ करोड राजस्व उठाएको छ।
विभागले सबैभन्दा बढी राजस्व दस्तुर ४ अर्ब ७० करोड रुपैयाँ रहेको छ।
पुँजीगत लाभकर २ अर्ब ६ करोड रुपैयाँ उठाएको जनाएको छ। त्यसबाहेक सेवा कर, विलम्ब शुल्क समेतबाट कर उठाएको छ।

प्रतिक्रिया दिनुहोस्