सुदूरपश्चिम प्रदेशमा दुई मन्त्रीद्वारा शपथ ग्रहण



धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार मन्त्रिपरिषद् विस्तार भएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारा लामा तामाङ नियुक्त भएका छन् । उनलाई प्रदेशप्रमुख गङ्गाराज यादबले शुक्रबार साँझ पद तथा गोपनियताको सपथ ग्रहण गराए।
लामा नेकपा (एस) कञ्चनपुरका अध्यक्ष हुन्। उनी यसअघि एमालेको प्रमुख सचेतक समेत रहेका थिए। उनी कञ्चनपुर क्षेत्र नम्बर १ क बाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।
यस्तै, अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छिन् ।
उनी बझाङबाट प्रतितिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुन् । उनलाई मुख्यमन्त्री तृलोचन भट्टले सपथ ग्रहण गराए।
सो अवसरमा सभामुख अर्जुनबहादुर थापा र प्रदेश सरकारका मन्त्रीहरुको समेत उपस्थिति थियो ।
सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा माओवादी र नेकपा (एस) को संयुक्त सरकार रहेको छ । सो सरकारमा नेकपा (एस) सात र माओवादीका चार जना सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्