लोसपाद्वारा चीनविरुद्ध प्रदर्शन



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट युवा संघ र विद्यार्थी संगठनले शुक्रबार चीनविरुद्ध प्रदर्शन गरेको छ ।
चीनले नेपालको ११ ठाउँमा चीनले भूमि अतिक्रमण गरेको भन्दै (लोसपा)ले प्रदर्शन गरेको हो । नेपालको ७ जिल्लाको ११ ठाउँमा र करिब ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न र अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गराउन माग गर्दै विरोध प्रदर्शन गरिएको युवा नेता मुकेश झाले बताए ।
सरकारले बनाएको समितिले बुझाएको प्रतिवेदन सार्वजनिकको माग पनि लोसपाले राखेको छ । युवा अध्यक्ष मुकेश झाको नेतृत्व र विद्यार्थी नेता रन्जित झा, युवा अध्यक्ष रञ्जित सिंह, नेता प्रमोद झा, प्रमेश साह, ज्ञानेन्द्र झा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्