हुम्लाका सहायक प्रजिअलाई कोरोना पुष्टि, प्रशासन एक हप्ता सिल



हुम्ला :  हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना संक्रमण पुष्टि भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी राईलाई कोरोना भएपछि जिल्ला प्रशासन कार्यालय एक हप्ताका लागि सिल गरिएको छ।

कार्यालयमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीच नियमित र प्रत्यक्ष सम्पर्क हुने भएकाले कार्यालय एक हप्ताका लागि बन्द गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्