२० महिलालाई सिलाई मेसिन प्रदान



इटहरी । इटहरी उपमहानगरपालिकाले सिलाइकटाइ सीप सिकेका २० महिलालाई सिलाइ मेसिन प्रदान गरेको छ ।
उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले महिलाहरूलाई सिलाइ मेसिन हस्तान्तरण गरिन्। इटहरी उपमहानगर–५ बाट १३ वटा र उपमेयर आत्मनिर्भर कार्यक्रमका ७ वटा गरी २० वटा सिलाइ मेसिन वितरण गरिएको हो ।
सम्वृद्धि हेल्भेटास परियोजना अन्तर्गत ६५ दिने टेलरिङ तालिमको समापनमा मेसिन हस्तान्तरण गरिएको हो । तालिम हेल्भेटासको प्राविधिक सहयोगमा मल्टि स्किल एन्ड इन्भारोमेन्ट प्रालिले इटहरीमा सञ्चालन गरेको थियो ।
महिलालाई सीप सिकाएर मेसिनसमेत प्रदान गरेर गरिखाने बनाउने लक्ष्य राखिएको उपमेयर लक्ष्मी गौतमले बताइन्अ। उनले सिकेको सीप प्रयोग गरेर ६ महिनामा रोजगार बन्न आग्रह गरिन् ।
आयोजक मल्टिस्किलका प्रशिक्षक निर्मला मैनाली र सुमित्रा विश्वकर्माले तालिम दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्