सीसीटीभी जडान गर्न ललितपुरले दुई करोड रकम खर्चिने



ललितपुर : ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा सीसीटीभी क्यामेरा जडान गरिने भएको छ। महानगर र महानगरीय प्रहरी परिसर जावलाखेलको सहकार्यमा सीसीटीभी क्यामेरा जडान गरिने भएको हो ।

सीसीटीभी क्यामेरा जडानका लागि महानगर र प्रहरीबीच आज एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। हस्ताक्षर पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन र परिसरका वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले हस्ताक्षर गरेका हुन् ।

महानगरले दुई करोड लगानीमा सीसीटीभी क्यामेरा जडान गर्ने भएको हो। जडानका लागि प्रहरीले महानगरलाई प्राविधिक सहयोग गर्ने छ। सीसीटीभी क्यामेरा हाललाई स्मार्ट सडकबत्ती जडान भएका रुटमा राखिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्