वीर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण



काठमाडौं । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई आईसीयू बेड प्रदान गरेको छ ।
बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थितिमा नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले सोमबार ३० वटा आईसीयू बेड हस्तान्तरण गरेका हुन् ।
सो क्रममा पोखरेलले निर्मल लामा स्मृति प्रतिष्ठानले निस्वार्थ रूपमा सामाजिक सेवाको काम गरिरहेको जानकारी बताए । उनले प्रतिष्ठानसँग रहेका १५० आईसीयू बेड विभिन्न सरकारी अस्पतालमा हस्तान्तरण गरिने जानकारी दिए ।
जनताको निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारलाई स्थापित गर्नुपर्ने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्