अन्धविश्वासको पराकाष्ठाः बोक्सी आरोपमा महिलामाथी कुटपिट



धनुषाः धनुषाको धनौजी गाउपालिका वार्ड २ मा एक महिलालाई बोक्सीको आरोपमा कूटपिट र नगद पचास हजार जरिवाना गरिएको रहस्य खुलेको छ । पीडिता महिला आज जनकपुरमा महिला संचकर्मीहरूको अन्तरक्रियामा कानून मन्त्री समक्ष प्रत्यक्ष रुपमा आफ्नो पिडा पोखिन ।

आफ्नै जेठाजु इन्दल मंडल र उनकी पत्नी मानकी देवी मंडल छिमेकी श्यामो देवी र उनका छोरा लालवा मंडलले बितेको कार्तिक ९ गते शुक्रवार कूटपिट गरेको पीडिता मंतोरिया देविले आफ्नो पिडा गृह मंत्री ज्ञानेन्द्र यादवलाई सुनाइन । 

कार्यक्रममा उपस्थित संचारकर्मीले आन्तरिक मामिला तथा कानून मन्त्रीलाई घटनावारे अव के हुने प्रश्न गर्दा मन्त्री यादवले तत्काल पीडितलाई न्याय दिन र पीडकलाई पक्राउ गर्न निर्देशन दिने प्रतिक्रिया दिए ।

मन्त्री यादवले, ‘घटनामा संलग्न भएकाहरुलाई तत्काल पक्राउ गÞरी अनुसंधान अगाडि बढाउन निर्देशन दिए । पीडित मंतोरियालाई अहिले वार्ड अध्यक्ष राजकुमार साह र गाउले मिलेर पचास हजारको भोज भतेर गर्न समेत पंचायत गरेको र नगद पचास हजार उल्टाई तीर्ण निर्देशन दिएको कुरा बाहिरिएको हो ।

पीडित मंतोरियाका पति अहिले बैदेशिक रोजगारमा छन् भने मंतोरियाको चार ओटी अविवाहित छोरीहरु पनि रहेको उनले संचारकर्मिलाई बताइन ।

 

प्रतिक्रिया दिनुहोस्