फरार अभियोगी १५ वर्षपछि पक्राउ



काभ्रे : प्रहरीले ठगी मुद्दामा फरार एक जनालाई १५ ​वर्षपछि पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६३ साल भदौ २५ गते ठगी मुद्दामा तीन वर्ष चार महिना १२ दिन कैदसहित रू ८ लाख ५ हजार जरिवानाको फैसला सुनाएपछि विदुरराज गिरी फरार भएका थिए । फैसला कार्यान्वयनको शिलशिलामा शुक्रवार उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार चौरीदेउराली गाउँपालिका वडा नं ६ स्थायी घर भएका ६८ बर्षीय गिरीलाई खोजतलास गर्दा काठमाडौ जिल्लाको बालाजुमा फेला पारी नियन्त्रणमा लिएर शुक्रवार धुलिखेल जिल्ला अदालतमा पेश गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्