नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाह नियुक्त



काठमाडौं : नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा पत्रकार समीरजंग शाह नियुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई टेलिभजनको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो।

रेडियो नेपालमा कार्यरत शाहले केही समयअघि रेडियो नेपालबाट राजीनामा दिएका थिए। जाजरकोट निवासी पत्रकार शाह नेपाल प्रेस युनियनका पूर्व सभापति हुन्।  यसअघि कार्यकारी अध्यक्ष रहेका महेन्द्र विष्टले पदबाट राजीनामा दिएपछि पद रिक्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्