गायिका विष्णु माझीलाई प्रबल जनसेवाश्री पदवी



काठमाडौं– सरकारले संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभिन्न मानपदवी र विभूषण प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् ।

यस्तै लोक गायिका विष्णु माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएको छ । विष्णु माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएपछि अहिले सबैको ध्यान गायिका विष्णु माझीतर्फ गएको छ ।

विष्णु माझी कतै पनि सार्वजनिक रूपमा देखा परेकी छैनन् । यस्तो अवस्थामा उनी पदक लिन आउलिन् कि नआउलिन् भन्नेर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । पछिल्लो समय उनको चरी जेलैमा गीतले नयाँ रेर्कड बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्