एमालेमा ७० वर्षे उमेर हद कायमै राख्ने , सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने



काठमाडौँ: नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्षसहितका सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्थाको प्रस्ताव गरेको छ ।

पार्टीभित्र असन्तुष्टि बढेपछि आइतबार सुरु भएको स्थायी कमिटी बैठकमा संगठन विभागले विधान संशोधनसम्बन्धी प्रस्तावमा सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्था पेश गरेको छ। यसअघि दश बुँदे सहमति कार्यान्वयनको निर्णय हुनुअघि ओली पक्ष सहभागी स्थायी कमिटी बैठकले अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने र बाँकी पदाधिकारीहरु केन्द्रीय सदस्यहरुबाट अध्यक्षले मनोनित गर्ने प्रस्ताव गरिएको थियो ।

त्यस्तै कार्यकारी पदमा निर्वाचित हुनक लागि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्