सुर्खेतमा ११ जना कैदीबन्दीलाई कैद मिनाहाा



सुर्खेत । सुर्खेत कारागारमा रहेका कैदीबन्दीहरू मध्य ११ जनालाई सजाय माफी दिइएको छ ।
संविधान दिवसको अवसरमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ११ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहाा भएको छ ।
५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहाा गरी आइतबार संविधान दिवसको अवसरमा कारागारमा रहेका ११ जनालाई कैद मिनाहाा गरिएको जेलर लक्ष्मी खरेलले जानकारी दिइन् ।
सुर्खेत कारागारमा अहिले २ जना आश्रित बालबालिकासहित ३८ जना महिला र तीनसय २ जना पुरुषसहित कुल तीनसय ४० जना कैदीबन्दीहरु विभिन्न मुद्दामा जेल सजाय काटिरहेका छन् ।
कैदी बन्दीको बानी व्यवहार, अनुसार चालचलन, रहनसहन सबै राम्रो भएपछि कारागारका जेलर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाहाा हुने व्यवस्थाअनुसार कैद मिनाहाा गरिएको जेलर खरेलको भनाइ रहेको छ ।
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाहाा गर्न सक्ने व्यवस्था अनुसार सुर्खेत कारागारमा रहेका मध्य ११ जनालाई कैद मिनाहा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्