आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै चेन्नई शीर्ष स्थानमा



काठमाडौँ : इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्स विजयी भएको छ । गएराति भएको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २० रनले पाखा लगाएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चेन्नईले मुम्बईलाई जितका लागि दिएको १५७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ थालेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो ।मुम्बईका लागि सौरव तिवारीले ५० रनको अर्धशतकीय पारी खेले ४० बल खेलेका उनले ५ चौका प्रहार गरे ।

त्यस्तै मुम्बईका लागि क्विन्टन डीककले १७ रन जोडे । बलिङतर्फ चेन्नईका लागि डुइन ब्राबोले सर्वाधिक तीन विकेट लिए । त्यस्तै दीपक चहारले दुई विकेट लिँदा जोस हेजलहुड र शार्दुल ठाकुरले समान एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । चेन्नईका लागि रुतुराज गाइक्वाडले ८८ रनको अर्धशतकीय पारी खेले । उनले नट आउट ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै रविन्द्र जडेजाले २३ रन बनाउँदा डोइन ब्राभोले २६ रन बनाए ।

बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्ट, आदम मिलेन र जस्प्रित भुम्राहले समान दुई–दुई विकेट लिए । जितसँगै ८ खेलबाट १२ अंक जोड्दै चेन्नई तालिकाको शीर्ष स्थानमा पुगेको छ । पराजित मुम्बई ८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्