सर्वोच्चले माघ २८ गतेसम्म लम्ब्यायो सेवा कटौतीको निर्णय



काठमाडौं : सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै सेवा कटौतीको निर्णयलाई थप १० दिन लम्ब्याएको छ । सर्वोच्चले जारी गरेको विज्ञप्ति अनुसार आगामी २८ गतेसम्म अहिलेकै स्वरुपमा सेवा प्रवाह हुनेछ ।

कोरोना संक्रमणको जोखिम यथावत रहेको भन्दै सर्वोच्चले सेवा कटौतीलाई निरन्तरता दिने भएको हो ।

यसअघि सर्वोच्चले ओमिक्रोनको संक्रमणको जोखिमलाई मध्यनजर राखेर माघ ५ गतेदेखि मघ १८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्