एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै



काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाँडिएको थियो । उक्त दस्तावेज माथिको छलफल नसकिएकाले आज पनि बैठकलाई निरन्तरता दिइएको एमाले संसदीय दलका सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । केही स्थायी कमिटी सदस्यहरूले दस्तावेज र विधान महाधिवेशनका सन्दर्भमा आइतबार नै आफ्ना सुझाव दिएका थिए । आज बाँकी सदस्यहरूले सुझाव दिएपछि त्यसलाई पारित गरिने छ। एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्