त्रिविका पदाधिकारी कहिले पनिका त कहिले ‘पाङ्ग्रेघर’मा



काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी भएपछि उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटा, रेक्टार प्रा.डा शिवलाल भुसाल र शिक्षाध्यक्ष प्रा.डा पेशल दाहालले कहिले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय त कहिले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण कार्यालय (पाङ्ग्रेघर) मा बसेर काम चलाइरहेका छन्।

जनकपुरस्थित युथ क्याम्पसमा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रिविले सम्बन्धन खारेज गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघ त्रिवि समितिले दुई सातादेखि उपकुलपति, रेक्टर र रजिस्ट्रारको मूल गेटमा तालाबन्दी गरेको छ।

यसअघि विद्यार्थी संगठनले पनि पुस ६ देखि १९ गतेसम्म तालाबन्दी गरेका थिए । नेविसंघले यही माघ ६ गतेदेखि तालाबन्दी गरेपछि त्रिविको आर्थिक, प्राज्ञिक र प्रशासनिकलगायत सबै काम ठप्प छ। सम्बन्धन दिएको दुई महिनामै सम्बन्धन खारेज गरेपछि विरोधमा उत्रिएका विद्यार्थीले उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन्। त्रिवि कार्यकारी परिषद्को बैठकले २०७७ पुस २८ मा दिएको सम्बन्धन २०७७ फागुन २८ मा खारेज गरेको थियो।

प्रतिक्रिया दिनुहोस्