सीटिइभीटीका स्थगित परिक्षा ६ फागुनदेखी



काठमाडौँ : सीटिइभिटीका स्थगित परिक्षा फागुन ६ गतेदेखी पुनस: सुरु हुने भएका छन् । कोरोना महामारीका कारण स्थगीत भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटीका) सम्पुर्ण परीक्षाहरू फागुन ६ गते देखि पुनः सञ्चालन हुने भएका हुन् ।

सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै स्थगित सबै परीक्षाहरू फागुन ६ गतेदेखि पुनः सञ्चालन हुने जानकारी दिएको हो । गत माघ ११ गतेको निर्णयअनुसार स्थगन भएका सम्पूर्ण परीक्षाहरू कोभिड १९ संकट व्यवस्थापन केन्द्र र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी संचालन हुने सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक डिलबहादुर घिमिरेले बताएका छन् ।

स्थगित परीक्षा परिषद्को हिजोको निर्णय अनुसार अब फागुन ६ गतेदेखि सञ्चालन हुने र विस्तृत परीक्षा तालिका धधध.अतभखतभहबm.यचन.लउ मा प्रकाशित गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्