बालिका बलात्कारकाे अाराेपमा सुनसरी र झापाबाट दुई किशाेर पक्राउ



जनकपुर : बालिका बलात्कार गरेकाे आरोपमा प्रहरीले सुनसरी र झापाबाट २ जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ स्थित बरामपुरमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय १८ वर्षीय भवानी आचार्य पक्राउ परेका छन्।

 

आचार्यले शनिबार राति करिब साढे ९ बजे ६ वर्षीया बालिकालाई फकाएर आफ्नै घरमा लागी मोबाइल देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। बालिकाका आफन्तको जाहेरीका आधारमा पक्राउ परेका आचार्यका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

 

यसैगरी, १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाको शिवसताक्षी नगरपालिका– ९ स्थित बिरानका १७ वर्षीय किशाेरलाई प्रहरीले पक्राउ गरेको छ। बालिकाको घरमा कोही नभएको मौका छोपी डर त्रास देखाएर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

 

बालिकालाई उद्धार गरी मेडिकल चेकजाँचको लागि मेची अञ्चल अस्पताल पठाइएको र किशाेरलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्